अर्थ/विजनेस समाचार हेडलाईन न्युज

सहुलियत मूल्यका खसी–बोका प्रतिकिलो ५५० रुपैयाँ

सुनकोशी न्युज
२०७७ कार्तिक २ गते आइतबार
काठमाण्डौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सोमबारदेखि सहुलियत मूल्यमा खसी–बोका बिक्री गर्ने भएको छ ।

कम्पनीको थापाथलीस्थित बिक्री केन्द्रबाट सोमबार बिहान ८ बजेदेखि खसी–बोका बिक्री सुरु हुने कम्पनीकी सूचना अधिकारी शर्मिला सुवेदीले जानकारी दिइन् ।

कम्पनीको आइतबार बसेको बैठकले जिउँदो खसी तथा बोका प्रतिकिलो ५६० रुपैयाँ तोकेको छ । जसमा प्रतिकिलो १० रुपैयाँ छुट दिएर ५ सय ५० रुपैयाँमा खसी–बोका बिक्री गरिने सुवेदीले बताइन् ।

आइतबार साँझसम्म मकवानपुर र दाङबाट ४०५ वटा खसी–बोका थापाथली बिक्री केन्द्रमा आइपुगेको कम्पनीले जनाएको छ । सबै तौलका खसी–बोकाको जिउँदो मूल्य समान भएको र सो मूल्य गत वर्ष जतिकै भएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: आइतवार, कार्तिक २, २०७७