शिक्षा/स्वास्थ्य स्थानीय

बुढानिलकण्ठामा आज ५९ जना नयाँ संक्रमित थपिए

सुनकोशी न्युज
२०७७ कात्र्तिक १ गते शनिबार
काठमाण्डौं । काठमाण्डौंको बुढानिलकण्ठ नगरपालिकामा शनिबार ५९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो सहित नगरपालिकामा कोरोना संक्रमितको संख्या १२६४ जना पुगेको छ ।

अहिलेसम्म निको हुनेको संख्या ८१७ जना रहेको छ । सक्रिय संक्रमितको संख्या ४४० जना रहेका छन् ।

होम आईसोसेलनमा ३८६ जना छन् भने अस्पताल आईसोलेसनमा ५४ जना रहेको बुढानिलकण्ठ नगरपालिकाका मेयर अद्धब खरेलले जानकारी दिनुभयो ।

वडाहरुमा नयाँ थपिएका संक्रमितको संख्या यसप्रकार छ –

वडा नं १– ३ जना
वडा नं २– ४ जना
वडा नं ३– २ जना
वडा नं ४– ३ जना
वडा नं ६– ४ जना
वडा नं ७– ४ जना
वडा नं ८– ७ जना
वडा नं ९– १० जना
वडा नं १०– २० जना
वडा नं ११– १ जना
वडा नं १२– १ जना

प्रकाशित मिति: शनिबार, कार्तिक १, २०७७