शिक्षा/स्वास्थ्य समाचार हेडलाईन न्युज

गत २४ घण्टामा थप ३ हजार १६७ जनामा कोरोना पुष्टि

सुनकोशी न्युज
२०७७ कार्तिक १ गते शनिबार
काठमाण्डौं । गएको २४ घण्टामा देशभर थप ३ हजार १६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिंगमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

उनका अनुसार आजसम्म देशभर सक्रिय संक्रमित ३८ हजार ७३७ जना पुगेका छन् । जसमा संस्थागत आइसोलेशनमा १३ हजार २९९ र होम आइसोलेशनमा २५ हजार ४३८ जना रहेका छन् । हालसम्म कोरोना निको हुनेको संख्या ८९ हजार ८४० पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा गौतमले दिएको जानकारी अनुसार बितको २४ घण्टामा १५,४३८ जनाको पीसीआर भएको छ भने हालसम्म पीसीआर परीक्षण हुनेको कुल संख्या १२ लाख ६९ हजार ६०५ पुगेको छ ।

यसैगरी आज १२ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ७२७ पुगेको छ ।

प्रकाशित मिति: शनिबार, कार्तिक १, २०७७

ताजा अपडेट