शिक्षा/स्वास्थ्य समाचार स्थानीय

बुढानिलकण्ठमा आज ५० नयाँ संक्रमित थपिए, मृतकको संख्या ७ पुग्यो

सुनकोशी न्युज
२०७७ असोज ३० शुक्रबार
काठमाण्डौं । काठमाण्डौंको बुढानिलकण्ठ नगरपालिकामा शुक्रबार नयाँ संक्रमित हुनेको संख्या ५० जना रहेको छ ।

यो सहित नगरपालिकाभरि जम्मा संक्रमितको संख्या १२०५ जना पुगेको नगर परिषदका प्रमुख सल्लाहकार सुन्दर पुर्कुटीले जानकारी दिनुभयो ।

संक्रमितमध्य सक्रिय संक्रमित ४६२ जना रहेका छन् । जसमध्य, होम आईसोसेलनमा संख्या ४०३ जना र अस्पताल आईसोलेसनमा ५९ जना रहेको नगरपालिकाले जनाएको छ ।

अहिलेसम्म निको हुनेको संख्या संख्या ७३६ जना रहेको छ । उक्त नगरपालिकाभरि हालसम्म मृत्यु हुनेको संख्या ७ जना रहेको छ ।

विभिन्न वडामा आज भएको नयाँ संक्रमितको विवरण –
वडा नं १– ५ जना
वडा नं २– ३ जना
वडा नं ३– २ जना
वडा नं ४– २ जना
वडा नं ७– १ जना
वडा नं ८– ७ जना
वडा नं ९– ४ जना
वडा नं १०– १५ जना
वडा नं ११– ४ जना
वडा नं १२– ७ जना

प्रकाशित मिति: शुक्रबार, अशोज ३०, २०७७