शिक्षा/स्वास्थ्य समाचार हेडलाईन न्युज

कोरोनाबाट नेपालमा १ लाख ३२ हजार २४६ संक्रमित, ७३९ जनाको मृत्यु

सुनकोशी न्युज
२०७७ कार्तिक २ गते आइतबार
काठमाण्डौं । गत २४ घण्टामा थप २९४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमित हुनेको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ।

बिगत २४ घण्टामा देशभरिका प्रयोगशालामा १४ हजार ८७५ जनाको नमुना परीक्षण गर्दा १११७ महिला र १८२५ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये ७३९ जनाको मृत्यु भएको छ । अहिलेसम्म ९२ हजार १६६ जना कोरोनामाथि विजय पाउन सफल भएका छन् । पछिल्लो २४ घण्टामा २३२६ जना संक्रमणमुक्त भएका छन् । देशभर ३९ हजार ३४१ संक्रिय संक्रमित छन् । ३०१ जनाको आईसीयू र ६६ जनाको भेल्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् ।

प्रकाशित मिति: आइतवार, कार्तिक २, २०७७