समाचार हेडलाईन न्युज

दुम्जाबाट लागु औषधिसहित दुईजना नियन्त्रणमा

Nepal Police

सुनकोशी न्युज
२०७७ कार्तिक २ गते आइतबार
सुनकोशी, सिन्धुली । सिन्धुलीको दुम्जाबाट प्रहरीले ठूलो मात्रामा लागु औषधि बरामद गरेको छ ।

शनिबार दिउँसो ४ः२० बजे सिन्धुली जिल्लाको सुनकोशी गा.पा. वडा नं. १ दुम्जास्थित बि.पि. राजमार्गमा बर्दिवासबाट काठमाण्डौ तर्फ जादै गरेको ना.१ ज. ६८१७ नम्बरको सुमो गाडी चेकजाँच गर्ने क्रममा उक्त लागुऔषधि बरामद गरेको हो ।

गाडीको पछाडिको सिटमा बसेका रौतहट जिल्ला, चन्द्रपुर न.पा. ३ बस्ने बर्ष ३१ को राजेश राम र सोही ठाउँ बस्ने बर्ष २९ को राम अयोध्या रामको भिर्ने झोलामा सामान ल्याइएको थियो ।

उनीहरुको झोलामा नाईट्रोभेट ५० पत्ता १५०० पिस, एम्पुलःडाईजोपाम ८२५ पिस, नोर्फिन ९२६ पिस, फिनारगन ८०६ पिस गरी जम्मा ४०५७ पिस औषधि बरामद भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रतिवन्धित आगुऔषध ओसारपसार तथा बिक्रिवितरण गरेको कसुरमा दुबै जनालाई नियन्त्रणमा लिई अनुसंधान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतवार, कार्तिक २, २०७७