शिक्षा/स्वास्थ्य स्थानीय

बुढानिलकण्ठ अपडेट : आजको संक्रमण संख्या ३१ जना

सुनकोशी न्युज
२०७७ असोज २६ गते सोमबार
काठमाण्डौं ।
काठमाडौं । बुढानिलकण्ठ नगरपालिकामा आज कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३१ जना रहेको छ ।

योसँगै नगरपालिकाभरि कोरोनासंक्रमितको संख्या १००७ जना पुगेको नगर परिषद्का प्रमुख सल्लाहकार सुन्दर पुर्कुटीले जानकारी दिनुभयो ।

नगरभित्र कोरोनामाथि विजय प्राप्त गर्नेकोसंख्या ६३८ जना रहेको छ ।

सक्रिय संक्रमितको संख्या ३६३ जना रहेको छ भने होम आईसोसेलनमा संख्या ३१५ जना र अस्पताल आईसोलेसन संख्या ३८ जना रहेको पुर्कुटीले अवगत गराउनुभयो ।

वडाहरुमा आज नयाँ थपिएका संक्रमितको विवरण यस्तो छ :

वडा नं ३– ७ जना
वडा नं ५– १ जना
वडा नं ६– २ जना
वडा नं ७– २ जना
वडा नं ८– ६ जना
वडा नं ९– २ जना
वडा नं १०– ७ जना
वडा नं १२– ३ जना
वडा नं १३– १ जना

प्रकाशित मिति: सोमवार, अशोज २६, २०७७