शिक्षा/स्वास्थ्य समाचार हेडलाईन न्युज

आज थप ४०४७ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या १,११,८०२ जना

सुनकोशी न्युज
२०७७ असोज २६ गते सोमबार
काठमाण्डौं । गत २४ घण्टामा नेपालभरि ४०४७ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । योसँगै देशभर कुल संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ ।

सोमबार सबै ल्याबहरुमा जम्मा १४ हजार ५३० जनाको पीसीआर परीक्षण भएको सथयो । देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ८८० पुगेको छ । जसमा संस्थागत आइसोलेशनमा १३ हजार ९२३ र होम आइसोलेशनमा १९ हजार ९५७ जना रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४७३ जना कोरोनामुक्त भएपछि हालसम्म निको हुनेको कुल संख्या ७७ हजार २७७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्त डा. जागेश्वर गौतमले जानकारी दिए । देशभर कोरोना संक्रमितमध्ये २७९ जना आईसीयु र ६७ जना भेन्टिलेटरमा रहेका छन् ।

प्रकाशित मिति: सोमवार, अशोज २६, २०७७