मुख्य समाचार शिक्षा/स्वास्थ्य समाचार

उपत्यकाका सबै अस्पता अब कोरोना अस्पताल, इमर्जेन्सीबाहेक कुनै अपरेशन नहुने

सुनकोशी न्युज
२०७७ असोज २६ गते सोमबार
काठमाण्डौं । सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने र स्वास्थ्य सेवा विभागसँग भएको भेन्टिलेटर, आईसीयू र अक्सिजन आदि सघन उपचारका लागि व्यवस्थापन गर्ने निर्णय गरेको हो ।

यसका साथै काठमाण्डौं उपत्यकाका अस्पतालहरुलाई आकस्मिक बाहेकका अपरेशन नगर्न निर्देशन दिएको छ ।

सरकारले अस्पतालले होटलहरुसँग सहकार्य गरेर होटल आइसोलेसन सेन्टर सञ्चालन गर्न अनुमति दिने पनि निर्णय गरेको छ । यस्ता होटलमा संक्रमितबाहेक अरुलाई राख्न पाइने छैन ।

प्रकाशित मिति: सोमवार, अशोज २६, २०७७