समाचार हेडलाईन न्युज

मुख्यमन्त्रीबिरुद्ध अविश्वासको प्रस्तावले अप्ठ्यारो अवस्था आउनसक्छ– दाहाल

सुनकोशी न्युज
२०७७ असोज २६ गते सोमबार
कर्णाली । नेकपा बागमति प्रदेश कमिटिका अध्यक्ष नारायण दाहालले कर्णालीका मुख्यमन्त्रीबिरुद्ध षडयन्त्रपूर्ण ल्याइएको अविश्वासको प्रस्तावले पार्टीभित्र अप्ठ्यारो अवस्था आउनसक्ने चेतावनी दिएका छन् ।

पार्टीका केन्द्रीय सदस्य समेत रहेका दाहालले आन्तरिक रुपमा छलफल गरी यस्ता समस्याको समाधान गर्नुपर्ने सुझाव दिएका छन् । आफ्नै पार्टीबाट बनेका मुख्यमन्त्रीबिरुद्ध यसरी अविश्वासको प्रस्ताव ल्याएर राजनीतिक अस्थिरताको बिजारोपण गर्न खोजिएको प्रति उहाँले खेद प्रकट गर्नुभयो ।

यो कदम पार्टी एकताको भावना, मर्म, स्थायी कमिटिको बैठकले जारी गरेको अपानी ५ को भावना विपरित तथा सहमतीय राजनीतिक संस्कारको बिरद्ध भएकाले सबै तहका नेताहरु यस्ता घटनामा बेलैमा सजग हुनुपर्ने उहाँले बताउनुभयो ।

अध्यक्ष दाहालले सामाजिक संजालमा एक संन्देश लेख्दै भन्नुभएको छ -‘ कर्णाली प्रदेशमा मुख्यमन्त्रीका विरुद्ध राखिएको अबिस्वासको प्रस्ताब पार्टी एकताको मर्म, स्थाइ कमिटीले जारी गरेको अपानी ५ को भावना बिपरित, तथा सहमतीय राजनीतिको विरुद्ध हो। त्यसकारण त्यस्ताकार्य तुरुन्तै रोक्न र समस्या भए आन्तरिक रूपमा छलफल गरि समस्याको हल गर्न ध्यान दिउँ ।अन्न्यथा यसले सिङ्गो पार्टीमा अप्ठ्यारो अवस्था आउन सक्दछ। समयमै सबै नेताकार्यकर्ता सचेत बनौं ।’

प्रकाशित मिति: सोमवार, अशोज २६, २०७७