कर्णाली समाचार हेडलाईन न्युज

अविश्वासको प्रस्ताव लाने प्रमुख सचेतक हटाइए, नेपालीले पाइन् जिम्मेवारी

सुनकोशी न्युज
२०७७ असोज २६लगते सोमबार
कर्णाली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा दलका नेता एवं मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले प्रमुख सचेतक परिवर्तन गर्नुभएको छ ।

मुख्यमन्त्री शाीले प्रमुख सचेतक गुलावजंग शाहलाई प्रदेशसभा दलको प्रमुख सचेतकको जिम्मेवारीवाट पदमुक्त गरी सिता कुमारी नेपालीलाई उक्त पदमा नियुक्त गर्नुभएको हो ।शाहीले आइतबार सीता नेपालीलाई नियुक्त गरेका हुन् ।

कर्णाली प्रदेशमा मुख्यमन्त्री शाहीविरुद्ध १८ जना सदस्यले अविश्वास प्रस्ताव गरेकै दिन साहको स्थानमा नेपालीलाई नियुक्त गरिएको हो । मुख्यमन्त्री शाहीले प्रदेश सभा दलको विधानको धारा ७ बमोजिम नेपालीलाई प्रदेश सभाको प्रमुख सचेतकमा नियुक्त गरेको उल्लेख गरेका छन् ।

‘प्रस्तुत सम्वन्धमा नेपाल कम्युनिस्ट पार्टी नेकपा कर्णाली प्रदेश सभा दलको नेताको हैसियतमा प्रदेश सभा दलको विधानको धारा ७ बमोजिम प्रदेश सभा सदस्य एवं नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रदेश सभा दलका सदस्य तपाईँ सीता कुमारी नेपालीलाई प्रदेश सभा दलको विधान बमोजिम पार्टी र दलको हितमा काम काज गर्नुहुने विश्वास सहित तपाइलाई प्रमुख सचेतक पदमा नियुक्त गरेको छु’, मुख्यमन्त्री समेत रहेका शाहीले नेपालीलाई दिएको नियुक्तिमा भनिएको छ ।

नेपालीलाई प्रमुख सचेतकमा दिएको नियुक्तिको बोधार्थ नेकपा कर्णाली प्रदेश कमिटीका अध्यक्ष, नेकपा केन्द्रीय कार्यलय काठमाडौ र प्रदेश सभा सचिवालय कर्णाली प्रदेशमा पठाइएको छ ।

प्रकाशित मिति: सोमवार, अशोज २६, २०७७