अर्थ/विजनेस

प्रभु बैंकबाट सल्यानको श्रीनगरमा शाखा बिस्तार

सुनकोशी न्युज, २०७७ असोज २६ गते सोमबार

सल्यान, श्रीनगर । प्रभु बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा मिति २०७७/०६/२५ देखि सल्यान जिल्लाको शारदा नगरपालिका वडा नं. १ स्थित श्रीनगरमा आफ्नो २०९ औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकको श्रीनगर शाखा कार्यालयको समुद्घाटन शारदा नगरपालिकाका मेयर श्री सुंरेश अधिकारीज्यूले गर्नु भएको हो ।

बैंकको शाखा कार्यालये उुद्घाटन गर्दै प्रमुख अतिथी श्री सुरेश अधिकारीले प्रभु बैंकले आफ्नो व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेका ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहजरुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको तथा प्रभु बैंकको यो अभियानले देशभरि नै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउदै बैंकलाई सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

प्रकाशित मिति: सोमवार, अशोज २६, २०७७

 

 

ताजा अपडेट