समाचार हेडलाईन न्युज

प्रेस काउन्सील सदस्य भण्डारीले बल्ल खाइन सपथ

सुनकोशी न्युज
२०७७ असोज १३ गते मंगलबार
काठमाण्डौं ।

प्रेस काउन्सीलकी नव नियुक्त सदस्य दुर्गा भण्डारी पौडेलले म.गलबार नया कार्यबाहक अध्यक्ष गोपाल बुढाथोकीको हातबाट सपथ खाएकी छन् ।

गत साउन २९ गते सदस्यमा र लगत्तै कार्यबाहक अध्यक्षमा नियुक्त भै ३१ गते सिधै काउन्सीलमा अध्यक्षको कुर्सीमा बस्न पुगेकी भण्डारीलाई सर्वाैच्च अदालतले खारेज गरिदिएको थियो । त्यसपछि उनी काउन्सीलमा गएकी थिइनन् ।

उनले काउन्सील र यसका पदाधिकारीलाई गालिगलौज गरी लेख प्रकाशित गरेकोमा माफि माग्दै काउन्सील स्वयत्तत्रताको सम्मान गर्छु, भनेर सपथ लिएकी छन् । सपथ खाएलगत्तै उनी सिधै प्रधानमन्त्री निवास वालुवाटार छिरेको प्रत्यक्षदर्शीले बताए ।

गत असोज ९ गते तत्कालिन कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले राजीनामा दिएपछि काउन्सीलका ज्यष्ठ सदस्य गोपाल बुढाथोकीलाई कार्यबाहक अध्यक्ष चयन गरेको थियो । किशोरको वहिर्गगमनपछि मात्रै दुर्गाको काउन्सील प्रवेशलाई अर्थपूर्ण रुपमा हेरिएको काउन्सीलका एक सदस्यले बताए ।

सरकारको आडमा बुलसिट पत्रकारिता गर्ने केही पार्टीगत झोले पत्रकारले गरेको पत्रकार आचारसंहिताको उल्लंद्धनमा काउन्सीलले दृढतापूर्वक कारबाही अघि बढाएपछि तालुकदार मन्त्रालयले कार्यबाहक अध्यक्ष श्रेष्ठलाई बलपूर्वक हटाएर भण्डारीलाई नियुक्ति दिएको थियो ।

मौजुदा नियमावलीले यसरी नियुक्ति दिन नमिल्ने भएपछि मन्त्रालयले काउन्सीलको कार्यविधि परिवर्तन गरेर उनलाई नियुक्ति दिएको थियो । एनमा व्यवस्था भएको कुरालाई मन्त्रीस्तरीय निर्णयले संसोधन गर्न नमिल्ने भन्दै सवौच्च अदालतले सरकारको उक्त कदम खारेज गरिदिएको थियो ।

प्रकाशित मिति: मङ्लबार, अशोज १३, २०७७