समाचार हेडलाईन न्युज

आज थपिएका १५१३ सहित जम्मा संक्रमित ७६ हजार २ सय ५८

सुनकोशी न्युज
२०७७ असोज १३ गते मंगलबार
काठमाण्डौं । आज देशभर १५१३ जना संक्रमित थपिँदा कोरोना संक्रमितको कुल संख्या ७६ हजार २५८ पुगेको छ । काठमाडौंमा ७४७ जनामा, ललितपुरमा ११४ जना र भक्तपुरमा ७३ जनामा संक्रमण पुष्टि भएको छ ।

देशभर कोरोना भाइरस निको हुनेको संख्या ५५ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म कोरोना निको हुनेको संख्या ५५ हजार ३७१ पुगेको हो ।

यस्तै हाल देशभर क्वारेन्टिनमा ६७७८ जना रहेका छन् । देशभर सक्रिय संक्रमितको संख्या २० हजार ३९६ पुगेको छ ।

यस्तै देशभर संस्थागत आइसोलेशनमा ९ हजार ६८९ जना रहेका छन् भने होम आइसोलेशन १० हजार ७०७ जना रहेका छन् । यस्तै आज १० हजार ८९१ जनाको पीसीआर परीक्षण भएको पनि गौतमले बताए ।

बितको २४ घण्टामा देशभर कोरोनाभाइरसबाट थप १० जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४९१ पुगेको छ ।

प्रकाशित मिति: मङ्लबार, अशोज १३, २०७७