समाचार हेडलाईन न्युज

नेपालका बिभिन्न ठाउँमा थप १२०७ जनामा कोरोना, ८ जनाको मृत्यु

सुनकोशी न्युज
२०७७ असाेज १० गते शनिवार

काठमाण्डौं – नेपालका बिभिन्न ठाउँमा थप १ हजार २ सय ७ जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको र ८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज मात्रै काठमाडौं उपत्यकामा थप ७ सय ५५ जनामा कोरोना पुष्टि भएको छ।

यीसहित देशभर कोरोना संक्रमितको संख्या ७१ हजार ८ सय २१ र मृत्यु हुनेको संख्या २ सय ७१ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ३ सय ४१ रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: शनिबार, अशोज १०, २०७७