शिक्षा/स्वास्थ्य समाचार हेडलाईन न्युज

नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६ सय १४

सुनकोशी न्युज
२०७७ असोज ९ गते शुक्रबार

काठमाडौं । आज नेपालभर १३ सय १३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको छ ।

उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा ६४५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा थपिएका संक्रमितमध्ये काठमाडौमा ५०३, ललितपुरमा ९१ र भक्तपुरमा ५१ जना छन् ।

पछिल्लो २४ घण्टामा जना १४ सय ५५ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म संक्रमणमुक्त हुनेको कुल संख्या ५१ हजार ८६६ जना पुगेको छ । संक्रमणमुक्त हुने दर ७३.४ प्रतिशत रहेको छ ।

कोरोनाका कारण पछिल्लो २४ घण्टामा ३ जनाको निधन भएको छ । यो सँगै मृत्यु हुनेको संख्या ४५९ जना पुगेको छ ।

प्रकाशित मिति: शुक्रबार, अशोज ९, २०७७