मुख्य समाचार समाचार

काउन्सिलका कार्यवाहक अध्यक्ष श्रेष्ठको राजीनामा, नयाँ कार्यबाहक अध्यक्षमा बुढाथोकी

सुनकोशी न्युज
२०७७ असोज ९ गते शुक्रबार

काठमाडौं । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले राजीनामा दिएका छन् । श्रेष्ठको कार्यकाल यही असोज १२ गते सकिदैछ ।

तीन वर्षअघि तत्कालीन अध्यक्ष भवानीप्रसाद बरालको नियुक्तिलाई सर्वोच्च अदालतले रोक लगाएपछि रिक्त अध्यक्षमा बोर्ड बैठकले श्रेष्ठलाई कार्यवाहक अध्यक्ष तोकेको थियो ।

श्रेष्ठको राजीनामापछि रिक्त रहेको का.बा. अध्यक्षमा काउन्सीलका ज्यष्ठ सदस्य गोपाल बुढाथोकी नियुक्त भएका छन् । आजै बसेको काउन्सिल सञ्चालक समितिको बोर्ड बैठकले काउन्सिल ऐन २०४८, अनुसार बुढाथोकीलाई कार्यवाहक अध्यक्षमा चयन गरेको काउन्सिलका प्रवक्ता दिपक खनालले जानकारी दिए ।

खनालका अनुसार निवर्तमान कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट दिएको राजीनामा स्वीकृत भएपछि बुढाथोकीलाई कार्यवाहक अध्यक्ष तोकिएको हो ।

साँघु साप्ताहिकका सम्पादक बुढाथोकीलाई सरकारले २०७५ साल साउनमा काउन्सिल सदस्यमा नियुक्त गरेको थियो । कार्यवाहक अध्यक्ष बुढाथोकीले आजै पदभार ग्रहण गरेका छन् । निर्वतमान का.बा. अध्यक्ष श्रेष्ठले दिएको राजीनामा बोर्डले स्वीकृत गरिसकेको छ ।

गत साउन ३१ गते नेपाल सरकारले नियमावली संसोधन गरेर का.बा. अध्यक्ष किशोर श्रेष्ठलाई हटाई पोखराकी पत्रकार दुर्गा भण्डारी पौडेललाई नियुक्त गरेको थियो । पछि सर्वोच्च अदालतले सरकारको उक्त कदमलाई अमान्य बताउदै श्रेष्ठको दपथमौति गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, अशोज ९, २०७७

 

 

ताजा अपडेट