समाचार हेडलाईन न्युज

मरिण वन डिभिजनका डिएफओ बर्तौलामाथि कारबाही गर्न अख्तियारमा सिफारिस

Commission for the Investigation of Abuse of Authority (CIAA) building.

सुनकोशी न्युज
२०७७ असोज ८ गते विहिबार

काठमाण्डौं । डिभिजन वन कार्यालय मरिन सिन्धुलीका अधिकृत पुष्पराज बर्तौलालाई अख्तियारको दुरुपयोग गरेको भन्दै कारवाही गर्न सिफारिस गरिएको छ ।

वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमका नाममा अनियमितता, भ्रष्टाचार र किर्ते काम भएको भेटिए भन्दै सिन्धुली मरिण वन डिभिजन अधिकृत पुष्पराज बर्तौलालाई अख्तियारको दुरुपयोग गरेको भन्दै कारवाही गर्न सिफारिस गरेको हो ।

सार्वजनिक लेखा समितिको उपसमितिद्वारा गठित वैज्ञानिक वन व्यवस्थापन अध्ययन उपसमितिले उनी लगायत सुदूरपश्चिम प्रदेशका वन निर्देशक हेमराज विष्ट, डिभिजन वन कार्यालय पहलमानपुर कैलालीका वन अधिकृत कष्णदत्त भट्ट, वन कार्यालय कैलालीका डिभिजन वन अधिकृत रामचन्द्र कँडेल, डिभिजन वा काार्यलय कञ्चनपुरका डिभिजन वन अधिकृत अजयविक्रम मानन्धर, कपिलवस्तु डिभिजन वन कार्यालयका अधिकृत ईश्वरीप्रसाद पौडेललाई कारबाहीको लागि अख्तियारमा सिफारिस गरेको छ ।

सामुदायिक वन उपभोक्ता समूहमा उपभोक्ता समूहका साधारण सदस्यहरू र पदाधिकारीहरूले किर्ते दस्तखत गर्ने, नक्कली वन उपभोक्ता घरधुरी खडा गर्ने र एउटै घरलाई एक भन्दा धेरै वन उपभोक्ता समूहमा सदस्य बनाई कार्यक्रमअन्तर्गत रुख कटान गर्ने गरेको भेटिएको वैज्ञानिक वन व्यवस्थापन अध्ययन उपसमितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

यसरी किर्ते कागजात तयार गर्ने कार्यहरूमा संलग्न रही अख्तियारको दुरुपयोग गरी भ्रष्टाचारमा संलग्न रहेको भन्दै सार्वजनिक लेखा समितिको उपसमितिद्वारा गठित अध्ययन उपसमितिले कैलाली, कञ्चनपुर, कपिलवस्तु, नवलपुर, सिन्धुली लगायतका जिल्लामा वैज्ञानिक वन व्यवस्थापन कार्ययोजना लागू गरेका सामुदायिक वन र साझेदारी वन उपभोक्ता समूहका अधिकारी नै संलग्न देखिएकाले सबै दोषीमाथि छानबिन गरी कडा कानुनी कारवाही गर्न सिफारिस गरेको छ ।

प्रकाशित मिति: बिहिबार, अशोज ८, २०७७

 

 

ताजा अपडेट