समाचार हेडलाईन न्युज

काठमाडौंमा ६०९ सहित उपत्यकामा थप ७५५ जनामा कोरोना

सुनकोशी न्युज
२०७७ असोज ८ गते बिहीबार

काठमाडौं – काठमाडौं उपत्यकामा थप ७ सय ५५ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा उपत्यकाका तीन जिल्लामा सो संख्याका संक्रमित थपिएका हुन्।

उपत्यकाको काठमाडौंमा ६ सय ९, भक्तपुरमा ५१ र ललितपुरमा ९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर शनिबार १४ सय ९७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६९ हजार ३ सय एक पुगेको छ।

प्रकाशित मिति: बिहिबार, अशोज ८, २०७७

 

 

ताजा अपडेट