समाचार हेडलाईन न्युज

नेपालमा थप १ हजार ४ सय ९७ जनामा कोरोना : संक्रमितको संख्या ६९ हजार ३ सय १ पुग्यो

सुनकोशी न्युज
२०७७ असोज ८ गते बिहीबार

काठमाण्डौं – नेपालका बिभिन्न ठाउँमा थप १ हजार ४ सय ९७ जनामा कोरोनाभाइरस पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

यीसहित देशभर कोरोना संक्रमितको संख्या ६९ हजार ३ सय १ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४ सय ३७ रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: बिहिबार, अशोज ८, २०७७