समाचार हेडलाईन न्युज

अपडेट : स्याङ्जा पहिरोमा परी ८ जनाको मृत्यु

सुनकोशी न्युज
२०७७ असोज ८ गते विहिबार
स्याङ्जा । स्याङ्जामा पहिरोमा परी ८ जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका र कालिगण्डकी गाउँपालिकामा पहिरोका कारण ८ जनाको मृत्यु भएको स्याङ्जाका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताए ।

गए राति २ बजे कालिगण्डकी–४ गोतामेडाँडामा खसेको पहिरोले दुई घर पुरेको हो । गोतामेडाँडामा पहिरोले पुरेर १६ वर्षीय विष्णु बहादुर दमाईको मृत्यु भएको छ । प्रहरीले उनको शव निकालेको छ ।

यता, वालिङ नगरपालिका–१४ स्थित तमादीडाँडामा बिहान साढे ५ बजे खसेको पहिरोले माया नेपालीको घरमा बसेका २ जनालाई पुरेको छ ।

‘ माया नेपालीको घरबाट ७ जनाको सब निकालिएको एपी बोगटीले बताए । एसपी बोगटीले भने– ‘अर्का १ जनालाई जिवित उद्धार गरेका छौँ, घरभित्र २ जना पुरिएका छन्, उद्धार कार्य हुँदैछ ।’

माया नेपालीको घरमा १० जना थिए । तमादी डाँडा जिल्ला सदरमुकामबाट ३८ किलोमिटरको दुरीमा छ ।

जिवितै उद्धार गरिएकी वर्ष १६ की मनिषा नेपालीलाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएको छ । मृत्यु हुनेमा हालसम्म सनाखत भएका उमाकला नेपाली, माया नेपाली, दिपक नेपाली, सानी नेपाली र विवश नेपाली रहेका छन् ।

प्रकाशित मिति: बिहिबार, अशोज ८, २०७७