समाचार हेडलाईन न्युज

हुम्लाको लिमीमा चिनले घर बनाएको भूभाग चीनकै : परराष्ट्र

सुनकोशी न्युज
२०७७ असोज ७ गते बुधबार
काठमाण्डौं । हुम्लाको लिमी उपत्यकामा चीनले घर बनाएको भूभाग चीनकै भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उक्त क्षेत्रमा नेपाली भूमि अतिक्रमणा नपरेको बताएको परराष्ट्र मन्त्री प्रदिप ज्ञावलीले बताएका छन् ।

पछिल्लो समय चीनले नेपाली भूमिमा भवनहरु बनाएको खबर आएका बेला सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री ज्ञवालीले सरकारको धारणा सार्वजनिक गरेका हुन् ।

उनका अनुसार यस्तै खबर २०७३ मा पनि आएको थियो । त्यसबेला सरकारले गृह र परराष्ट्र मन्त्रालय, नापी विभागलगायतको संलग्नतामा टोली बनाएको र त्यसले स्थलगत अध्ययन गरी सिमा निर्धारण गरेको भन्दै उनले भने, ‘बनेका घरहरु नेपाल–चीन सीमाबाट एक किलोमिटरभित्र चिनियाँ भूभागमा बनेको पाइएको रहेछ ।’

प्रकाशित मिति: बुधबार, अशोज ७, २०७७