Uncategorized

खाली सिलिण्डरको मुल्य तोकियो

सुनकोशी न्युज

२०७७असोज २ गते शुक्रबार

काठमाण्डौं  नेपाल एलपी ग्यास उद्ययो संघले खाना पकाउने एलपी ग्यासमा प्रयोग हुने खाली सिलिण्डरको मूल्य तोकेको छ।,

ग्यास बिक्रेताले फरक फरक मूल्यमा खाली सिलिण्डरको मूल्य लिएको भन्दै संघले पहिलो चरणमा वाग्मती प्रदेशभित्र सञ्चालनमा रहेका उद्योगका सिलिण्डरको मूल्य तोकेको छ।

संघका अध्यक्ष गोकुल भण्डारीका अनुसार वाग्मती प्रदेशभित्र सञ्चालन गरिएका २९ ग्यास उद्योगका खाली सिलिण्डरको मूल्य दुई हजार एक सय रूपैयाँ तोकिएको हो।

संघले सिलिण्डर खरिद गर्दा अनिवार्य रुपमा सम्बन्धित उद्योगको धरौटी रसिद बिक्रेता (डिलर) मार्फत लिन समेत अुनरोध गरेको छ।

संघले आफ्नो कम्पनीबाहेक अरूको खाली सिलिण्डर साट्नु गैरकानुनी भएको भन्दै साटेको थाहा भएमा कारवाही गर्ने समेत जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, अशोज २, २०७७