Uncategorized

कस्ता छन् प्रधानमन्त्रीको विशेष सम्वोधनले अत्यावश्यक भनेका सेवा क्षेत्रहरु ?

सुनकोशी न्युज
२०७६ चैत्र ७ गते,
काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीको नाममा विशेष सम्बोधन गर्दै चैत ९ गतेदेखि चैत २१ गतेसम्म १३ दिन अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गरिएको जानकारी दिनुभएको छ ।

संघ, प्रदेश र स्थानीय तहका सबै सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवाहरु चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको प्रधानमन्त्रीको सम्वोधनमा जनाइएको छ ।

गृह मन्त्रालयले अत्यावश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा ९१० ले दिएको अधिकार प्रयोग गरी विभिन्न १९ सेवालाई अत्यावश्यक सेवामा राखी हड्ताल गर्न नपाउने सूचना गत असोज २७ गते राजपत्रमा प्रकाशित गरेको थियो ।
जसअनुसार हुलाक, डाँक, अस्पताल, हातहतियार र आन्तरिक सुरक्षा, खानेपानी, फोहोर मैला संकलन, दाल चामल–नुन तेलजस्ता दैनिक उपभोग्य वस्तुको उत्पादन, ढुवानी तथा पैठारी, पेट्रोलियम भण्डारण, विद्युत, औषधि निर्माण तथा वितरणलगायतका सेवा रहेका छन् । राजपत्रमा प्रकासित गरिएको अत्यावश्यक भनिएका कार्यहरु यस प्रकार रहेका छन् –

प्रकाशित मिति: शुक्रबार, चैत्र ७, २०७६