समाचार हेडलाईन न्युज

काठमाडौं उपत्यकामा थप ७३७ जनामा कोरोना

सुनकोशी न्युज
२०७७ भाद्र ३१ गते बुधबार

काठमाडौं – काठमाडौं उपत्यकामा थप ७ सय ३७ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा उपत्यकाका तीन जिल्लामा सो संख्याका संक्रमित थपिएका हुन्। उपत्यकामा एकै दिन थपिएकाे याे संख्या अहिलेसम्मकै उच्च हाे।

उपत्यकाको काठमाडौंमा ६ सय ५२, भक्तपुरमा २५ र ललितपुरमा ६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमा काठमाडौंमा २ सय १६ महिला र ४ सय ३६ पुरुष, भक्तपुरमा १३ महिला र १२ पुरुष र ललितपुरमा २४ महिला र ३६ पुरुषमा कोरोना देखिएको हो ।

प्रकाशित मिति: बुधबार, भदौ ३१, २०७७