समाचार हेडलाईन न्युज

असोज १ गतेदेखि पनि यातायातमा जोरबिजोर प्रणाली

सुनकोशी न्युज
२०७७ भाद्र ३१ गते बुधवार

काठमाडौं – जिल्ला प्रशासन कार्यालय, काठमाडौंले असोज १ गतेदेखि पनि यातायातमा जोरबिजोर प्रणाली कायमै रहने निर्णय गरेको छ।

सरकारले असोज १ गतेदेखि देशभर लामो, छोटो तथा मध्यम दूरीका सार्वजनिक तथा निजी सवारी सञ्‍चालन गर्ने भने पनि जिल्ला प्रशासन काठमाडौंले एक विज्ञप्ति जारी गर्दै सार्वजनिक तथा निजी सवारी साधनहरु नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड अनिवार्य रुपमा पालना गर्ने गराउने गरी जोर-विजोर प्रणालीअन्तर्गत सञ्चालन गर्नुपर्ने जनाएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) जनकराज दाहालले जारी गरेको आदेशमा अर्को आदेश नभएसम्मका लागि यातायात साधनमा जोरबिजोरी प्रणाली कायम रहने उल्लेख गरिएता पनि अत्यावश्यक सेवा, कार्यालय आवतजावत र सबै प्रकारका ढुवानीका साधनको हकमा जोर/विजोर प्रणाली लागु नहुने जनाइएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ ३१, २०७७

 

 

ताजा अपडेट