समाचार हेडलाईन न्युज

नेपालमा थप १ हजार ५ सय ३९ जनामा कोरोना : संक्रमितको संख्या ५८ हजार ३ सय २७ पुग्यो

सुनकोशी न्युज
२०७७ भाद्र ३१ गते बुधवार

काठमाण्डौं – नेपालका बिभिन्न ठाउँमा थप १ हजार ५ सय ३९ जनामा कोरोनाभाइरस पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

प्रवक्ता गौतमका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ४८ रहेको मन्त्रालयले जनाएको छ।

यीसहित देशभर कोरोना संक्रमितको संख्या ५८ हजार ३ सय २७ पुगेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ ३१, २०७७

 

 

ताजा अपडेट