समाचार हेडलाईन न्युज

सरकारबाट बामदेव राष्ट्रिसभामा सिफारिस

सुनकोशी न्युज
२०७७ भाद्र २९ गते सोमबार

काठमाण्डौं । सरकारले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्न सिफारिस गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गौतमको नाम राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।
गत २६ गते बसेको स्थायी समितिको बैठकले गौतमलाई राष्ट्रिसभा सदस्यमा मनोनयनका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । सोही निणृइ कार्यन्वयन गर्दे प्रधानमन्त्री ओलीले गौतमको नाम आज राष्ट्रपतिसमक्ष पेस गरेका हुन् ।

गौतमको सांसद बन्ने कुरासँग जोडिएर नेकपामा जारी लामो विवाद उनको राष्ट्रियसभा प्रवेशसँगै नाटकीय रुपमा साम्य भएको छ । तर चुनाव हारेको व्यक्ति मन्त्री बन्न नमिल्ने प्रावधानले उनको बन्त्री बन्ने सपना भने पूरा हुनेमा संसय नै छ ।

प्रकाशित मिति: सोमवार, भदौ २९, २०७७