समाचार हेडलाईन न्युज

कोरोना सँग सम्बन्धित कारण थप १४ जनाको मृत्यु : मृत्यु हुने को सङ्ख्या ३३६ पुग्यो

सुनकोशी न्युज
२०७७ भाद्र २७ गते शनिबार

काठमाडौं – विगत २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणबाट नेपालमा १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मृत्यु हुनेमा ३ जना महिला र ११ जना पुरुष रहेका छन् ।

मृत्यु हुनेमा सुनसरीका ४३ वर्षीय पुरुष, काठमाडौंका ५१ र ५४ वर्षीय पुरुष, भक्तपुरका ७२ र ३८ वर्षीय पुरुष, चितवनका ६१ वर्षीय पुरुष, स्याङ्जाका ८५ वर्षीय पुरुष र गोरखाका ४५ वर्षीय पुरुष रहेका छन्।

त्यसैगरी पर्साका ७८ वर्षीय महिला, काठमाडौंका ७६ वर्षीय महिला र तनहुँका ७६ वर्षीय महिला रहेका छन्।

यससँगै नेपालमा कोरोना सँग सम्बन्धित कारणले मृत्यु हुने को सङ्ख्या ३ साय ३६ पुगेको छ ।

प्रकाशित मिति: शनिबार, भदौ २७, २०७७