समाचार हेडलाईन न्युज

काठमाडौंमा ३७७ सहित उपत्यकामा थप ४३१ जनामा काेरोना

सुनकोशी न्युज
२०७७ भाद्र २७ गते शनिबार

काठमाडौं – काठमाडौं उपत्यकामा थप ४ सय ३१ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा उपत्यकाका तीन जिल्लामा सो संख्याका संक्रमित थपिएका हुन्।

उपत्यकाको काठमाडौंमा ३ सय ७७, भक्तपुरमा १७ र ललितपुरमा ३७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमा काठमाडौंमा १ सय ५० महिला र २ सय२७ पुरुष, भक्तपुरमा ५ महिला र ११ पुरुष र ललितपुरमा १६ महिला र २१ पुरुषमा कोरोना देखिएको हो ।

प्रकाशित मिति: शनिबार, भदौ २७, २०७७