समाचार हेडलाईन न्युज

पाँच उद्योगले उत्पादन गरेका स्यानिटाइजर मापदण्डविपरीत

सुनकोशी न्युज
२०७७ भाद्र २७ गते शनिबार

काठमाडौं – पाँच उद्योगले उत्पादन गरेका स्यानिटाइजर मापदण्डविपरीत फेला परेपछि औषधि व्यवस्था विभागले कारबाही गरेको छ ।

राष्ट्रिय औषधि प्रयोगशालाले गरेको परीक्षणमा मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने विषाक्त रसायन मिथानल भेट्टाएपछि औषधि व्यवस्था विभागले ती उत्पादनको उत्पादन तथा बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ।

हाइजिङ सोप एन्ड केमिकलले उत्पादन गर्ने ‘इन्सेटेन्ट ह्यान्ड सेनिटाइजर ओरिजिनल’, आधार केमिकल एन्ड फुड इन्डस्ट्रीले उत्पादन गर्ने ‘एड्भान्स ह्यान्ड स्यानिटाइजर’, सर्च केम कम हर्बल प्रोडक्टले उत्पादन गर्ने ‘इन्सटेन्ट ह्यान्ड स्यानिटाइजर रिफ्रेरिसङ जेल’ र सूर्यमुखी हर्बल प्रोडक्टको ‘सूर्यमुखी ह्यान्ड स्यानिटाइजर’ मा विषाक्त मिथानोल रहेको पाइएको हो ।

 

प्रकाशित मिति: शनिबार, भदौ २७, २०७७