समाचार हेडलाईन न्युज

ललितपुरमा शुक्रबार बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यू आदेश

सुनकोशी न्युज
२०७७ भाद्र १८ गते बिहीबार

ललितपुर – जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार कर्फ्यू लगाउने निर्णय गरेको छ।

ललितपुर महानगरपालिका रिङरोडभित्र बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गर्ने निर्णय सुरक्षा अधिकारीहरूको बैठकले गरेको हो ।

कोरोना संक्रमणमा भीडभाड बढेको, धार्मिक सहिष्णुतामाथि आँच पुगेको र संक्रामक रोग बढ्ने खतरा बढेपछि कर्फ्यू लगाउने निर्णय गरिएको प्रशासनले बताएको छ ।

बिहीबार ललितपुर पुल्चोकमा कोरोनाको महामारीका बीच निषेधाज्ञा उलंघन गरी स्थानीयले मछिन्द्रनाथको रथ तान्न थालेपछि  प्रहरी र स्थानीयबीच झडप भएको थियो ।

प्रकाशित मिति: बिहिबार, भदौ १८, २०७७