समाचार हेडलाईन न्युज

कोरोना सँग सम्बन्धित कारण थप ६ जनाको मृत्यु : मृत्यु हुने को सङ्ख्या २५७ पुग्यो

सुनकोशी न्युज
२०७७ भाद्र १८ गते बिहीबार

काठमाडौं – विगत २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणबाट नेपालमा ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मृत्यु हुनेमा ४ जना महिला र २ जना पुरुष रहेका छन् ।

मृत्यु हुनेमा चितवनका, भक्तपुर, तनहुँ र रुपन्देही का महिलाहरु रहेका छन् भने सिन्धुपाल्चोक र रुपन्देही का पुरुष रहेका छन् ।

यससँगै नेपालमा कोरोना सँग सम्बन्धित कारणले मृत्यु हुने को सङ्ख्या २५७ पुगेको छ ।

प्रकाशित मिति: बिहिबार, भदौ १८, २०७७