समाचार हेडलाईन न्युज

उपत्यकामा विहिबारदेखि लकडाउन केही खुकुलो, विहान ११ बजेसम्म खाद्यन्न/तरकारी पसल खुल्ला रहने (निर्णयको लिष्ट)

सुनकोशी न्युज
२०७७ भाद्र १७ गते बुधबार

काठमाण्डौं । उपत्यकामा भाद्र १८ गते विहिबारदेखि लकडाउन केही खुकुलो हुने छ । अत्यावस्यक खाद्य, तरकारी तथा फलफूलको पसललाई यसअघि विहान ९ः०० बजेसम्म खोल्न दिइएकोमा विहिबारदेखि विहान ११ः०० बजेसम्म संचालन गर्न पाइने भएको छ ।

बुधबार उपत्यकाका तीनैवटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले उपत्यकामा जारी लकडाउन केही खुकुलो बनाउने निर्णय गरेको छ । लकडाउन खुकुलो बनाउने निर्णयसँगै एकहप्ताको लागि लकडाउन थप पनि गरेको छ ।

बैठकले विदेश जान काठमाण्डौं आउने बाहिरका मानिसहरुले काठमाण्डौं आएपछि बस्ने ठाउँको सुनिशिचतता र सम्वन्धित जिल्लाको सिडिओको सिफारिस अनिवार्य पेस गर्नुपर्ने छ ।

त्यसैगरी एयरपोर्टबाट होटल क्वारेन्टाइनसम्म र त्यहाँबट एयरपोर्टसम्म जाने सवारीसाधनको लागि पनि मापदण्ड पूरागरेर चलाउन दिने भएको छ ।

उपत्यकामा निर्माण व्यावसाय र यससँगसम्वन्धित पसलहरु खोल्न दिने भएको छ । राष्ट्रिय प्राथमिकतामा परेका आयोजनालाई पनि संचालन गर्न दिने भएको छ । यसका लागि आयोजनाले कामदारलाई आयोजनास्थलमै बस्नेखाने व्यवस्था मिलाउनुपर्ने छ ।

निर्माण सामाग्री ढुवानी गर्ने सवारी साधनलाई दिउँसो २ः०० बजेदेखि राती ९ः०० बजेसम्म संचालन गर्न दिने निर्णय गरेको छ । जसका लागि स्वास्थ्य सुरक्षाका सबै सावधानी अपनाउनु पर्नेछ ।

त्यसैगरी अत्यावस्यकीय र स्वास्थ्य समाग्री उत्पादन गर्ने उद्योग पनि संचालन गर्न निर्देशन दिएको छ । यसका लागि सामाजिक दूरी कायम गर्ने, कामदारलार्य खानबस्न व्यवस्था उद्योग परिसरमै गर्नुपर्ने लगायत मापदण्ड तोकेको छ ।

अत्यावस्यकबाहेकका सरकारी कार्यालयहरुका कर्मचारी एकतिहाईलाई सम्वन्धित कार्यालयले फोटोसहित जारी गरेको परिचयपत्रका आधारमा उपस्थित हुने व्यवस्था मिलाउन भनिएको छ ।

बैंकहरुलाई सकेसम्म अनलाइन प्रविधिबाट सेवा दिन निर्देशन जारी गरिएको छ । एटिएम अनिवार्य नियमित स्यानिटाराइज गर्नुपर्ने भनिएको छ ।

खुल्ला ठाउँ, ठेला वा साइकलमा राखिने तरकारी वा अन्य पसलहरु संचालन गर्न नपाइने भएको छ । कवाडी संकललाई रोकिएको छ ।

शंकटका बेला कालाबजारी गर्ने, सामानको कृतिम अभाव श्रृजना गर्ने। मूल्य बढाउनेलाई सशक्त कारबाही गरिनेछ । आदेश पालना नगर्नेलाई संक्रामक रोग नियन्त्रणसम्वन्धि ऐन २०२० अनुसार कारबाही गरिने जनाएको छ ।

निर्णयको लिष्ट यस्तो छ :

jpg2pdf_(2) (1)

 

प्रकाशित मिति: बुधबार, भदौ १७, २०७७