समाचार हेडलाईन न्युज

कोरोनाभाइरसका कारण थप १२ जनाको मृत्यु

सुनकोशी न्युज
२०७७ भाद्र १७ गते बुधवार

काठमाडौं – विगत २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणबाट नेपालमा १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मृत्यु हुनेमा ६ जना महिला र ६ जना पुरुष रहेका छन् ।

मृत्यु हुनेमा चितवनका ५५ र १८ वर्षीया महिला, काठमाडौंका ८९ वर्षीया, ललितपुरका ७० वर्षीया, तनहुँका २० वर्षीया, कपिलवस्तुका ६० वर्षीया महिलाहरु रहेका छन् ।

त्यसैगरी  बाराका ९७ वर्षीय, चितवनका ६५  वर्षीय, भक्तपुरका ४० वर्षीय, काठमाडौंका ७० र ७५ वर्षीय र धादिङका ४७ वर्षीय पुरुषहरुको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यससँगै नेपालमा कोरोना सँग सम्बन्धित कारणले मृत्यु हुने को सङ्ख्या एक २५१ पुगेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १७, २०७७