शिक्षा/स्वास्थ्य समाचार हेडलाईन न्युज

भाद्र १० गते मृत्यु भएका स्वास्थ्यकर्मीको कोरानो पोजेटिभ

सुनकोशी न्युज
२०७७ भाद्र १५ गते सोमबार

जनकपुर । श्वासप्रश्वासमा समस्या भएपछि भदौ १० गते काठमाडौं लैजाने क्रममा सिन्धुलीमा मृत्यु भएका स्वास्थ्यकर्मीको मृत्य कोरोना संक्रमणबाट भएको पुष्टि भएको छ ।
महोत्तरीको मनरा सिश्वा नगरपालिका ४ का ३५ वर्षीय हेल्थ असिस्टेन्टको मृत्यु भएको थियो । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने उनी पहिलो स्वास्थ्यकर्मी हुन् ।

उनको शव पुनः जिल्लामा ल्याएर स्वाब संकलन गरेर जनकपुर पठाइएको थियो । रिपोर्ट पोजेटिभ आएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।

प्रकाशित मिति: सोमवार, भदौ १५, २०७७