शिक्षा/स्वास्थ्य समाचार हेडलाईन न्युज

अब ४ हजारमै कोरोना परीक्षण हुने

सुनकोशी न्युज
२०७७ भाद्र १५ गते सोमबार
काठमाडौं । अबदेखि कोरोना भाइरसको पीसीआर टेष्ट ४ हजार रुपैयाँमा हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणको अधिकतम शुल्क ४४०० रुपैयाँ तोकेको हो ।

तर प्रयोगशाला वा आफ्नै ल्याब भएका अस्पतालहरुले ४ हजार रुपैयाँमा पीसीआर टेष्ट गर्नुपर्नेछ । आफ्नै ल्याब नभएका अस्पतालहरुले भने पीपीई लगायतको शुल्कका रुपमा थप ४०० रुपैयाँ लिन पाउनेछन् ।

यसअघि मन्त्रालयले पीसीआर टेष्टको शुल्क ५५०० रुपैयाँ तोकेको भए पनि कतिपय निजी अस्पतालले त्योभन्दा बढी रकम समेत लिने गरेको गुनासो आअने गरेको थियो ।

लकडाउनका कारण मारमा परेका दैनिक काम गरेर खाने वर्गको लागि यो मूल्य पनि बढी भएको मजदुर संगठनहरुको भनाई छ । पिसिआर टेष्टका कारण उपभोक्ता ठगिने गरेको र स्वास्थ्य सामाग्री कालाबजारी गर्नेहरु मालामाल भएको गुनासो आउने गरेको छ ।

प्रकाशित मिति: सोमवार, भदौ १५, २०७७

 

 

ताजा अपडेट