समाचार हेडलाईन न्युज

कोरोनाका कारण थप ७ जनाको मृत्यु

सुनकोशी न्युज
२०७७ भाद्र १५ गते सोमबार

काठमाडौं- विगत २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणका कारण नेपालमा सात जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मृत्यु हुनेमा ३ जना महिला र ४ जना पुरुष रहेका छन् ।

यी सहित अहिलेसम्म नेपालमा २२८ जनाको कोरोनाभाइरससँग सम्बन्धित कारणले मृत्यु भइसकेको छ।

प्रकाशित मिति: सोमवार, भदौ १५, २०७७