शिक्षा/स्वास्थ्य समाचार हेडलाईन न्युज

उपत्यकाका ६ सहित थप १२ जनाको मृत्यु

सुनकोशी न्युज
२०७७ भाद्र १३ गते शनिबार
काठमाण्डौं । शनिबार कोभिड–१९ को संक्रमणबाट थप १२ जनाको मृत्यु भएको पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामा मात्र ६ जनाको मृत्यु भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका २ र २ जनाको मृत्यु भएको छ । यस्तै पर्साका २ जना, पाल्पा, सिराहा, गोरखा र कास्कीका एकएक जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ १३, २०७७