समाचार हेडलाईन न्युज

अहिलेसम्म ७१ जना पत्रकार कोरोना संक्रमित

सुनकोशी न्युज
२०७७ भाद्र १२ गते शुक्रबार

काठमाण्डौं । नेपालमा हालसम्म ७१ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपाल पत्रकार महासंघका अनुसार सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशमा पत्रकार पनि कोरोना संक्रमित भएका छन् ।

प्रदेश १ मा १३ जना पत्रकार कोरोना संक्रमित भएकामा मोरङका १२ र उदयपुरका १ जना रहेका छन् ।

प्रदेश २ मा २७ जना पत्रकार संक्रमित भएकामा पर्साका १३, बाराका ४, धनुषाका २, सप्तरीका ३, सर्लाहीका ३, महोत्तरीका १ र रौतहटका १ जना रहेका छन् । बागमती प्रदेशमा ११ जना पत्रकार संक्रमित भएकामा काठमाडौंका ९ र ललितपुरका २ जना रहेका छन् ।

यसैगरी गण्डकी प्रदेशमा कास्कीका १ र नवलपुरका ७ गरी ८ जना संक्रमित भएका छन् । प्रदेश ५ मा बाँकेका २, बर्दियाका १, कपिलवस्तुका ६ र रुपन्देहीका २ गरी ११ जना संक्रमित भएका छन् । कर्णालीकी दैलेख जिल्लामा १ जना पत्रकार संक्रमित भएका छन् ।

पत्रकार महासंघले शुक्रबार विज्ञप्ति निकालेर संक्रमणको उच्च जोखिमबीच फिल्डमा खटिने सञ्चारकर्मीहरुको निःशुल्क पीसीआर परीक्षणको व्यवस्थाका साथै संक्रमित सबै पत्रकारहरुको उपचारको उचित व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०७७