समाचार हेडलाईन न्युज

कोरोनाका कारण थप १२ जनाको मृत्यु

सुनकोशी न्युज
२०७७ भाद्र १२ गते शुक्रबार

काठमाडौं- विगत २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणका कारण नेपालमा १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मृत्यु हुनेमा ४ जना महिला र ८ जना पुरुष रहेका छन् ।

यी सहित अहिलेसम्म नेपालमा १९५ जनाको कोरोनाभाइरससँग सम्बन्धित कारणले मृत्यु भइसकेको छ।

प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०७७