समाचार हेडलाईन न्युज

कोरोनाका कारण थप ८ जनाको मृत्यु

सुनकोशी न्युज

२०७७ भाद्र ११ गते बिहिबार

काठमाडौं- विगत २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणका कारण नेपालमा आठ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मृत्यु हुनेमा ५ जना महिला र ३ जना पुरुष रहेका छन् ।

यी सहित अहिलेसम्म नेपालमा १८३ जनाको कोरोनाभाइरससँग सम्बन्धित कारणले मृत्यु भइसकेको छ।

प्रकाशित मिति: बिहिबार, भदौ ११, २०७७