समाचार हेडलाईन न्युज

नेकपा सचिवालय बैठक फेरि स्थगित, १८ गते बस्ने

सुनकोशी न्युज
२०७७ भाद्र १२ गते शुक्रबार
काठमाण्डौं । भाद्र १३ गतेका लागि तय भएको नेकपा सचिवालयको बैठक स्थगित भएको छ । बैठक भाद्र १८ गते विहिबार बस्नेगरी स्थगित भएकोे हो ।

कोभिड–१९ को प्रकोप बढेको भन्दै १८ गतेसम्मका लागि बैठक स्थगित गरिएको नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले सुनकोशी न्युजलाई बताए ।

विवादको भूमरीमा लामो समयदेखि रुमलिएको नेकपामा विवाद समाधानको लागि गठित छ सदस्यीय कार्यदलको प्रतिवेदनमाथि छलफल गर्न डाकिएको सचिवालयको बैठक स्थगित भएको छ । महासचिव विष्णु पौडेलको नेतृत्वमा बनेको छ सदस्यीय कार्यदलले नेतृत्वलाई विवाद समाधानका लागि सात पेज लामो सुझाव प्रतिवेदन पेस गरेको थियो ।

विवाद समाधानको लागि भने पनि प्रतिवेदन पढेपछि माधव नेपाल पक्ष रुष्ट भएको छ । भिम रावल र सुरेन्द्र पाण्डे जस्ता नेपालको विश्वास पात्र समेत सदस्य रहेको कार्यदलले तयार पारेको प्रतिवेदनमामाधव नेपालले असन्तुष्ट हुनुलाई रहस्यमय मानिएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०७७