शिक्षा/स्वास्थ्य समाचार हेडलाईन न्युज

थप ८८५ जना कोरोना संक्रति थपिए, मृतकको संख्या १७७

सुनकोशी न्युज
२०७७ भाद्र १० गते बुधबार
काठमाण्डौं । पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने कोरोनाबाट मृत्यु हुनेको संख्या १७७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १३ हजार २ सय ५३ जनाको परीक्षण गर्दा ८८५ जनामा संक्रमण देखिएको हो । बुधबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ ।

कोरोना भाइरस संक्रमण निको भएर ३८५ जना घर फर्किएका छन् । हालसम्म १९ हजार १९५०४ जना घर फर्किएका छन् । हालसम्म होम आइसोलेसनमा ६ हजार २८ जना र संस्थागत आइसोलेसनमा ८ हजार ७११ जना रहेका छन् ।

प्रकाशित मिति: बुधबार, भदौ १०, २०७७