समाचार हेडलाईन न्युज

शनिबार काठमाडौं उपत्यकामा २ सय १६  जनामा कोरोना

सुनकोशी न्युज
२०७७ भाद्र ६ गते शनिवार

काठमाडौं – काठमाडौं उपत्यकामा शनिबार थप २ सय १६  जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा उपत्यकाका तीन जिल्लामा सो संख्याका संक्रमित थपिएका हुन्।

उपत्यकाको काठमाडौंमा १ सय ६०, भक्तपुरमा ५० र ललितपुरमा ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ ६, २०७७