समाचार हेडलाईन न्युज

थपिए ६ सय ३४ जना कोरोनाका बिमारी

सुनकोशी न्युज
२०७७ भाद्र ६ गते शनिवार

काठमाण्डौं – विगत २४ घण्टामा नेपालका बिभिन्न ठाउँमा थप ६ सय ३४ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ९ जना मृतकमा कोरोना पुष्टि भएको छ ।

यीसहित देशभर कोरोना संक्रमितको संख्या ३१ हजार १ सय १७ पुगेको छ ।

 

प्रकाशित मिति: शनिबार, भदौ ६, २०७७