समाचार हेडलाईन न्युज

कार्यदलले अध्यक्षद्वयलाई बुझायो प्रतिवेदन

सुनकोशी न्युज
२०७७ भाद्र ६ गते शनिबार
काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद समाधान गर्न गठित ६ सदस्यीय कार्यदलले एक साता लगाएर तयार गरेको प्रतिवेदन शनिबार अध्यक्षद्वयलाई बुझाइएको छ । कार्यदलले बालुवाटार पुगेर प्रतिवेदन बुझाएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले सुनकोशी न्युजलाई जानकारी दिए ।

शनिबार झण्डै आठ घण्टा बैठक बसेर अन्तिम रुप दिइएको प्रतिवेदन कार्यदलले शनिबारै अध्यक्षद्वयलाई हस्तान्तरण गरेको हो । गत साउन ३० गते नेकपाका महासचिव विष्णु पौडेलको संयोजकत्वमा नेताहरु भीम रावल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे, शंकर पोखरेल र पम्फा भु्साल सदस्य रहेको ६ दस्यीय कार्यदल गठन भएको थियो । प्रतिवेदनमा अध्यक्ष प्रचण्डले पूर्णरुपमा पार्टी सञ्चालन गर्ने र अर्का अक्ष्यक्ष केपी ओलीले पुरै कार्यकाल सरकार चलाउने उल्लेख छ ।

प्रकाशित मिति: शनिबार, भदौ ६, २०७७