समाचार हेडलाईन न्युज

काठमाडौंको काँडाघारी क्षेत्र सिल

सुनकोशी न्युज
२०७७ भाद्र ७ गते आइतबार

काठमाडौं – काठमाडौंको काँडाघारी क्षेत्रमा कोरोना देखिएपछि सिल गरिएको छ।

सैलुन चलाउँदै आएका व्यक्तिमा कोरोना देखिएपछि समुदायस्तरमै कोरोना संक्रमण भएको हुन सक्ने भन्दै उक्त क्षेत्र सिल गरिएको हो ।

कागेश्वरी मनोहरा नगरपालिकाले सैलुनमा दाह्री/कपाल काटेकाहरूको खोजी गर्दै उनीहरूबाट स्वाब संकलन गरिरहेको छ।

सरकारले सैलुन सञ्चालन खुला नगरे पनि लुकिछिपी केहि ठाउँमा सैलुन सञ्चालन भइरहेका छन्।

प्रकाशित मिति: आइतवार, भदौ ७, २०७७