समाचार हेडलाईन न्युज

आइतबार काठमाडौं उपत्यकामा १ सय ६६  जनामा कोरोना

सुनकोशी न्युज
२०७७ भाद्र ७ गते आइतबार

काठमाडौं – काठमाडौं उपत्यकामा आइतबार थप १ सय ६६  जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा उपत्यकाका तीन जिल्लामा सो संख्याका संक्रमित थपिएका हुन्।

उपत्यकाको काठमाडौंमा १ सय २६, भक्तपुरमा २८ र ललितपुरमा १२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: आइतवार, भदौ ७, २०७७