समाचार हेडलाईन न्युज

देशले भ्रष्टाचार र प्रधानमन्त्रीका हलुका एवं विवादास्पद अभिव्यक्तिहरु बढी सुन्यो, देख्यो र भोग्यो : कांग्रेस

सुनकोशी न्युज
२०७७ भदौ ४ गते बिहीबार

काठमाडौँ – कांग्रेसले विज्ञप्ति प्रकाशित गर्दै  निषेधाज्ञामा भ्रष्टाचार, सत्ताद्वन्द्व तथा प्रधानमन्त्रीका हलुका टिप्पणी पनि निषेध रहुन् भनेको छ ।

जनताले अप्ठेरो सहेर र कांग्रेसले ‘सरकारमा सँगै नरहेर पनि संकटमा सँगै लड्न सकिन्छ’ भन्ने मान्यतामा रहेर सरकारलाई साथ दिइरहेको विज्ञप्तिमा पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जनाएका छन् ।

सवा सय दिनसम्मको लकडाउनमा देशले कोरोनाविरुद्धको संघर्षभन्दा सत्ताको द्वन्द्व, भ्रष्टाचार र प्रधानमन्त्रीका हलुका एवं विवादास्पद अभिव्यक्तिहरु बढी सुन्यो, देख्यो र भोग्यो । निषेधाज्ञाको अबको चरणमा यी बिषयलाई निषेध गरेर अघि बढ्ने इच्छाशक्ति र सामर्थ्य देशले खोजेको छ,’ प्रवक्ता शर्माले भनेका छन् ।

‘नेपाली कांग्रेस आग्रह गर्दछ- विगतमा गरिएका कमजोरी र गल्तीहरुबाट पाठ सिकेर युद्धस्तरमा कार्य गर्ने स्थितिको विकास हाल जारी निषेधाज्ञाको समयमा गरियोस्,’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा कोरोना विरुद्धको संघर्षमा संयम र एकताका लागि सरकार र समुदायलाई अपिल गरिएको छ । फ्रन्टलाइनमा कार्य गरिरहेका स्वास्थकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी र संचारकर्मीप्रति सम्मान व्यक्त गर्दै कांग्रेसले उनीहरुलाई आवश्यक पर्ने भौतिक सामग्री र मनोवैज्ञानिक सहजताका लागि सहजीकरण गर्न पनि सरकारलाई अपील गरेको छ ।

प्रकाशित मिति: बिहिबार, भदौ ४, २०७७